ईसेवा र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता

<span class='c1'>ईसेवा र उदयपुरको चौदण्डीगढी</span> <span class='c2'>नगरपालिकाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता</span>

विराटनगर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका र ईसेवाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

चौदण्डीगढी नगरपालिकाको तर्फबाट नगर प्रमुख कालुमान लामा र ईसेवाको तर्फबाट प्रदेश प्रमुख प्रनब श्रेष्ठ अनलाईन भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थिए ।

सम्झौता अनुसार ईसेवाका प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम नगरपालिकाको ईसेवा खातामा रकम जम्मा गर्न सकिन्छ ।

ईसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन्।

स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै घरबाटै सेवा लिँदा अझ सजिलो हुने अपेक्षा गरिएको छ ।

नगरबासीले इसेवा र ईसेवाको क्युआर मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।

हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, विराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उप-महानगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उप-महानगरपालिका, धुलिखेल नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, हेटौडा उप-महानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौँ महानगरपालिका, केराबारी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा ईसेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ६५ लाख रहेको छ । हाल ईसेवाका देशभर करिब एक लाख ७० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई सेवामा सहजै रकमजम्मा गर्न तथा ई सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्