विराटनगरमा विराट पुस्तक प्रशर्दनि सुरु

<span class='c1'>विराटनगरमा विराट पुस्तक</span> <span class='c2'>प्रशर्दनि सुरु</span>

बिराटनगर बैशाख २०

पुस्तक पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आज देखि विराटनगरमा विराट पुस्तक प्रशर्दनि सुरु भएको छ । घोष्ट राइटिङ नेपालको आयोजनामा विराटनगरस्थित मारवाडि सेवा सदनमा सुरु भएको प्रदर्शनिको एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नूभयो ।

पढ्ने बानिको विकास गर्ने उद्देश्यका साथ घोष्ट राइटिङ नेपालको आयोजनामा आज देखि विराटनगरमा सो प्रदर्शनि सुरु भएको हो । प्रदर्शनिको उद्घाटन गर्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले नाकाबन्दी , बन्द हड्ताल र जातिय द्वन्द्वको अन्त्य गर्दै देश विकासमा अगाडि बढ्न आग्रह गर्नुभयो ।

हिंसा र बन्दहड्तालको बाटोलाइ त्यागेर देशको बाटोमा लागेमात्रै साहित्यको पनि विकास हुने उहाले बताउनुभयो । देश समृद्ध भएमात्रै सबै क्षेत्रको विकास हुने भएकाले अबको समय भनेको देश विकासको काममा जुट्नुपर्नेमा उहाले जोड दिनुभयो । किताबसँग जीवनका रंगहरु भन्ने नाराका साथ सुरु भएको पुस्तक प्रदर्शनि बैशाख ३० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । पठन संस्कृतिको विकास र किनेर पुस्तक पढ्ने बानिको विकासमा यस्ता प्रदर्शनहरुले महत्यपुर्ण योगदान पुग्ने घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताउनुभयो ।

जानकारी दिनुभयोप्रदर्शनिमा पुराना र दुर्लभ पुस्तकहरुको संकलन र बिक्री, लेखक तथा पाठकको बीच प्रत्यक्ष अन्तरसंवाद, गजल, मुक्तक, छन्द कविता, लघुकथा दैनिक कविगोष्ठी लगायतका कार्यक्रम गरिने । प्रदर्शनिमा एकसयभन्दा बढी प्रकाशक संस्थाहरुको सहभागिता रहेको उहाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्