बिराटनगरको एक मोटरसाइकल ग्यारेजमा आगलागी

<span class='c1'>बिराटनगरको एक मोटरसाइकल</span> <span class='c2'>ग्यारेजमा आगलागी</span>

मोरङ, बैशाख २१

मोरङको बिराटनगर १५ स्थित एक मोटरसाइकल ग्यारेजमा सोमबार राती आगलागी भएको छ।

महेन्द्रचौकस्थित श्याम पोखरेलको घरमा किरण श्रेष्ठले संचालन गरेको मोटरसाइकल ग्यारेजमा सोमबार राती साढे आठ बजेतिर अचानक आगलागी भएको हो।

आगलागीबाट मर्मतकालागि ल्याइएको को ६ प २४४ नम्बरको पल्सर मोटरसाइकल, को १६ प ७७३५ र को १९ प ८९५२ नम्बरको स्कुटर तथा अन्य गाडीका पार्ट पुर्जाहरु समेत जलेर नष्ट हुँदा अन्दाजी नौ लाख बराबरको क्षती भएको पिडितले बताएका छन।

आगलागी स्थानिय मानिस, दमकल र प्रहरीको प्रयासमा राती ९ बजे नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्