विराटनगरलाई आंउदौ बैसाख ३१ गते बालमैत्री घोषणा गर्ने

<span class='c1'>विराटनगरलाई आंउदौ बैसाख ३१</span> <span class='c2'>गते बालमैत्री घोषणा गर्ने</span>

प्रेम देवान
विराटनगर २२ बैसाख ३१ गते विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । पटक पटक मिति तोक्दै स्थगित भएको बालमैत्री घोषणाको कार्य बैसाख ३१ गते गर्ने भएको हो । विराटनगर उपमहानगरपालिकाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत गोपाल रेग्मीले घोषणाको सम्पूर्ण तयारी पुरा भएको बताए । ३१ गते घोषणा गरिने कार्यक्रममा कसलाई बोलाउने भन्ने टुङगो नभएको बताइएको छ । कार्यकारी प्रमुख रेग्मीले घोषणा गर्ने सभामा कसलाई बोलाउने भन्ने टुङगो भैनसकेको बताउछन् । बैसाख पहिलो साता घोेषणा गर्ने तयारी भएपनि आन्तरिक तयारी गर्न समय लागेकाले ३१ गतेको समय तोकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्