सिरहामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ को मृत्यु

<span class='c1'>सिरहामा ट्रकको ठक्करबाट मोटरसाईकलमा</span> <span class='c2'>सवार २ को मृत्यु</span>

सिरहा, बैशाख २३ गते।

सिरहाको लक्ष्मिपुर ७ स्थित सिरहा चोहर्बा सडक-खण्ड अन्तरगत आज बिहान ३ बजे ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ ख २७७ नम्बरको ट्रकले विपरित दिसाबाट आउँदै गरेको स. ६ प ७७६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाईकलमा सवार सिरहा गुलरिया ९ बस्ने १८ वर्षिय नरेश ठाकुर र पछाडि सवार सोहि ठाँउ बस्ने २१ वर्षिय राम शंकर ठाकुर घाइते भई उपचारको लागी जिल्ला अस्पताल सिरहा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रक, चालक सिरहा विष्णुपुर ६ बस्ने ३९ वर्षिय सत्य नारायण महतो र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा राखीएको छ भने मृतक दुबैको लाश जिल्ला अस्पताल सिरहाको शब गृहमा राखिएको सिरहा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्