पछि हट्यो एमाओवादी, ओलीको साथ नछोड्ने

<span class='c1'>पछि हट्यो एमाओवादी,</span> <span class='c2'>ओलीको साथ नछोड्ने</span>

 

काठमाडौँ, २३ वैशाख - आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेको एमाओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ।

कांग्रेसको सहयोगमा सरकार निर्माण गर्ने तयारीमा रहेको एमाओवादी र एमालेका नेताबीच भएको छलफलपछि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिन सहमत भएको हो।

बिहीबार विहान एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री ओलीको सन्देश लिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न गएका थिए। एमालेले नीति तथा कार्यक्रम ल्याउनन्जेल सरकार परिवर्तन गर्न नहुने र तत्काल वामपन्थी गठबन्धनलाई कायम राख्नुपर्ने प्रस्ताव गरेका थिए। दाहालले एमालेको प्रस्ताव सकारात्मक रुपमा लिएका थिए।

एमाओवादीकातर्फबाट सरकारमा सहभागी मन्त्रीले सरकार परिवर्तन नगर्न दबाब दिएपछि दाहाल पछि हटेका हुन्। ’एमाओवादीले सरकारलाई लिएको सथर्मन तत्काल फिर्ता नगर्ने जानकारी आएको छ’, बालुवाटार निकटस्रोतले भन्यो,’ एमाले प्रस्तावमा दाहाल सहमत नभएपनि सरकारमा सहभागी एमाओवादी मन्त्रीले दबाब दिएपछि सरकारलाई लिएको सथर्मन फिर्ता गराउने निर्णय गराउन दाहाल असफल भएका छन्।’

प्रधानमन्त्री ओलीले बिहीबार विहान बोलाएको मन्त्रिपरिषद बैठकमा एमाओवादी मन्त्री अनुपस्थित भएपछि बैठक आज साँझ ६ बजेसम्मलाई स्थगित गरिएको छ। नयाँ सरकार गठनका विषयमा आजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्षबीच छलफल भएको थियो। स्रोतका अनुसार सो छलफलमा दाहालले देउवालाई तत्काल सरकार परिवर्तन गर्ने पक्षमा आफू नरहेको जानकारी गराएका थिए।

यसैबीच प्रधानमन्त्री केपी ओलीले बिहीबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधामन्त्री ओलीले सम्वोधन गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्