बुढानिलकण्ठ स्कुलमा मातातिर्थ औशीको बिषेश कार्यक्रम

<span class='c1'>बुढानिलकण्ठ स्कुलमा मातातिर्थ</span> <span class='c2'>औशीको बिषेश कार्यक्रम</span>

 

बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रम गरी मातातिर्थ औशी मनाइयो । कार्यक्रमको सुरुवातमा स्कुलमा अध्यापनरत सम्पुर्ण शिक्षीकाहरुलाई स–साना विद्यार्थीहरुले पुष्पगुच्छा तथा उपहार दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी आ–आफ्नो आमालाई समर्पित गरेर कक्षा १ देखी कक्षा १० सम्मका करिब एक दर्जन विद्यार्थीहरुले कविता वाचन गर्नुका साथै वक्तब्य दिएका थिए ।

उक्त कार्यक्रममा कक्षा ६ का विद्यार्थी मानस दाहालले आमालाई समर्पित गरिएको “मै वतलाता नहि” वोलको गितमा नृत्य तथा सर्वश्री भट्टराई, रेनिसा भट्टराइ र शिखा ढुङ्गेलले गिती नाट्य प्रस्तुत गरेका थिए । जन्म दिने आमा भन्दा कर्म दिने आमा ठुलो हुन्छ र दुबै जना उत्तिकै हकदार छन् जसरी कृष्ण भगवानलाई जन्मदिने देवकी आमा भन्दा कर्म दिने यसोदा आमा कै योगदान ठुलो मानिन्छ भन्ने कुरा नाटक मार्फत कक्षा १० का विद्यार्थीहरु सुमिक्षा कार्की, स्वस्तिका पोखरेल, आमोस राईले प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम सञ्चालीका प्रिसंखा गौतम र आसिफ खानले आफ्नो सुमधुर स्वरमा आमा सँग समर्पित गित गाएका थिए । उक्त कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने सम्पुर्ण शिक्षक – शिक्षीकाहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यवाद ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्