विराटनगर । प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य मुख्यन्यायधिवक्ता पदमा नियुक्त भएका छन् ।
उनले आज (बुधबार ) सपथ लिएका हुन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङज्यूको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायधिस सत्यमोहन जोशी थारुबाट आचार्यलाई मुख्यन्यायधिवक्ता पदमा सपथ गराएका हुन् ।
विर्तामोड ५, झापानिवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङज्यूले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन् ।
सपथ प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सम्पन्न भएको हो ।