सप्तरीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

<span class='c1'>सप्तरीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>युवतीको मृत्यु</span>

सप्तरी, बैशाख २७ गते ।

सप्तरीको शम्भुनाथमा आइतबार सांझ ट्रकले ठक्कर दिएर साइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

ना ५ ख १९२४ नम्बरको ट्रकको ठक्करबाट कुशाहा १ की १७ वर्षिया मनकामना चौधरीको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।

चौधरीलाई सांझ सवा सात बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट्रकले शम्भुनाथ नगरपालिका ५ स्थित राजमार्गमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी चौधरीलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको सोही प्रतिष्ठानमा उपचारकाक्रमममा मृत्यु भएको हो।

ठक्कर दिने ट्रक तथा चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्