प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई

<span class='c1'>प्रदेशस्तरीय भलिबल प्रतियोगिताको</span> <span class='c2'>उपाधि ओखलढुङ्गालाई</span>

किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको भलिबल टोलीले जितेको छ ।

खाँदबारीमा आज भएको फाइनलमा भोजपुर भलिबल टोलीलाई ३–१ को सेटमा हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टीम तेस्रो र पाँचथर भलिबल टीम चौथो भएका छन् ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुङ्गाका समीप श्रेष्ठ भए । बेस्ट स्पाइकर ओखलढुङ्गाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी भए ।

विजयी ओखलढुङ्गाले नगद रू एक लाख ११ हजार र दुई सय १० तोलको चाँदीको शिल्ड प्राप्त गरेको छ भने उपविजेता भोजपुरले रू ५५ हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टीम सहभागी थिए । विजयी टीमलाई भलिबल सङ्घका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता विसं २०५८ बाट जिल्लास्तरीय, विसं २०७१ बाट पूर्वाअञ्चलस्तरीय हुँदै विसं २०७४ बाट प्रदेश–१ स्तरीय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्