चटपटे बेचेरै बृद्ध आश्रमलाई सहयोग गर्ने युवतीहरुको प्रण

<span class='c1'>चटपटे बेचेरै बृद्ध आश्रमलाई</span> <span class='c2'>सहयोग गर्ने युवतीहरुको प्रण</span>

बेलबारी । समाजप्रति उत्तरदायी भएर निस्वार्थ भावले गरिने कार्य नै समाजसेवा हो । समाजसेवा गर्नेले कहिल्यै फलको आशा गर्दैनन,यदि त्यसो गरियो भने त्यो समाजसेवा हुनै सक्दैन । यस्तै समाजसेवाको एउटा गतिलो उदाहरण बन्दै गएको छ मोरङका युवतीहरुको एउटा समुह ।
पछिल्लो समय हरेक जिल्लाहरुमा बृद्धआश्रम खुलेपनि उचित ब्यबस्थापनको अभावमा संकट उत्पन्न हुन थालेपछि मोरङका युवतीहरुको एउटा समुह बृद्धाआश्रमको सहयोगका लागी खर्च जोहो गर्न बिभिन्न बजारहरुमा गई चटपटे बेच्न थालेका छन ।
सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान सुरु गरेका उनीहरुले मोरङ सहित देशैभरी चटपटे वेच्न अभियान थालेका छन । उनीहरुले हरेक बजार तथा चोकमा लाग्ने हटियामा गएर चटपटे बेच्ने गरेका छन । असाहय, तथा सहाराबिहिन भएका बाबुआमाको सहयोगका लागी चट्पटे बेच्न थालेको अभियानकर्ता मनीला सुवेदीले बताईन ।
बुबा आमालाई वृद्ध आश्रममा राखेर मातातिर्थ औशीमा सामाजिक सञ्जालमा फोटो हालेर समाजमा हिँड्ने प्रवृति वढन थालेको छ त्यस्ता छोरछोरीलाई पाठ सिकाउनका लागी यस अभियानमा लागेको सुवेदीले बताईन । सेवा नै धर्म हो लगायत आधादर्जन भन्दा बढि प्लेकार्ड सहित चटपटे बेच्न बसेका यूवतीहरुले बजार भाऊ अनुसार नै चटपटे बेच्ने गरेका छन ।
मोरङको बेलबारीमा सोमवार लाग्ने हटियामा चटपटे बेच्न बसेका यूवतीहरुले आमाबुबा भनेर सम्मान सहित बोलाएर चट्पटे बेच्ने गरेका छन । देख्नासाथ बोलाँउदा रहेछन स्थानिय प्रताप थापाले भने हामी सामाजिक तथा धार्मिक कामका लागी चटपटे वेच्दै छाँै खाईदिनहोस भनेर आकर्षण गराए । उच्च शिक्षा अध्ययन गर्ने उमेरका यूवतीले चटपटे वेचेको देख्दा सवै छक्क पर्न थालेका छन । चट्पटे बेच्ने पेशालाई समाजमा अझै राम्रो पेशाको रुपमा लिईदैन ।
गरिब तथा वृद्धले मात्रै चटपटे बेच्छन भन्ने मान्यतालाई समेत यूवतीहरुले परिबर्तन गरीदिएको बेलबारीका पुर्व अध्यक्षय शिब प्रसाद बरालले बताए । सामजिक सञ्जाल मार्फत सानो समुह बनाएर थालिएको अभियानले अहिले बृहत रुप लिएको छ । कुनैपनि निकायमा दर्ता नभएको सञ्जालमा अहिले ९ हजार भन्दा वढी युवतीहरु सामाजिक सञ्जाल मार्फतनै संगठीत भएका छन ।
अहिले मोरङ जिल्लामा दुई वटा समुहले काम गरीरहेको छ,सुवेदीले भनिन हामी गछिया देखी उर्लबारी सम्म यो काम गरिरहेका छौँ । आफनै घरवाट खनेकुरा ल्याएर उठेको सवै रकम समुहमा नै राख्ने तथा बुद्धजयन्तीका दिन पकली वृद्ध आश्रममा वृद्ध भोज सहित लत्ता कपडा तथा खाद्यन्न हस्तातरण गर्ने यूवतीहरुले बताएका छन ।
अरु पसलमा भन्दा मिठो चटपटे उनीहरुले वेच्ने गरेको स्थानियहरुले वताए । मुख मिठ्याउदै स्थानीय लक्ष्मण थापाले भने चटपटे बेचेर सहयोग गर्नु नै ठुलो कुरा हो । यूवतीहरुले चटपटे सगै पानी पुरी तथा सर्वत समेत बेच्ने गरेका छन ।

-बेतना डेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्