सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

<span class='c1'>सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा</span> <span class='c2'>शोक प्रस्ताव पारित</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयाघातबाट निधन भएको थियो ।

उहाँले वञ्चितीकरणमा परेका समुदायको सशक्तीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । दिवङ्गत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्