विश्वकप लिग-२ : यूएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य

<span class='c1'>विश्वकप लिग-२ : यूएईले नेपाललाई दियो</span> <span class='c2'>२ सय ८ रनको लक्ष्य</span>

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७ रन बनायाे ।

यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । नेपालका लागि १० ओभरमा २७ रन खर्चिएका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए ।

यो शृङ्खलाकाे पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले यूएईलाई हराएमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।

नेपालले अर्को खेलमा शुक्रवार पीएनजी र आउँदाे आइतवार यूएईसँग खेल्नेछ । अङ्क तालिकामा यूएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न बाँकी ७ मध्ये ६ खेल तथा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउन अब ४ खेल जित्नुपर्ने हुन्छ ।

तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्