आशिफको पहिलो एकदिवसीय शतक

<span class='c1'>आशिफको पहिलो</span> <span class='c2'>एकदिवसीय शतक</span>

काठमाडौँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।

उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका छन् ।

आशिफ एक सय १० बलमा एक सय १० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार गरे । उनले कुल ३२ खेलमा एक हजार रन पूरा गरेका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो । आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार गर्दासम्म ४० दशमलव १ ओभरमा छ विकेटको क्षतिमा दुई सय २२ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्