कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

<span class='c1'>कांग्रेस नेता भण्डारीको</span> <span class='c2'>स्वास्थ्यमा क्रमिक सुधार</span>

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते हुनुभएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिनुभयो । “डा भण्डारीको बिहीबार पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, भण्डारीका दाजु मीनप्रसादले भन्नुभयो ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्