विश्वकप लिग-२ : नेपालले युएईसँग निर्णायक खेल खेल्दै

<span class='c1'>विश्वकप लिग-२ : नेपालले</span> <span class='c2'>युएईसँग निर्णायक खेल खेल्दै</span>

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।

खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा पुग्नेछ । नतिजा यूएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत् रहँदै नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउनेछ, किनकि नामिबियाले शीर्ष तीन कब्जा गर्नेछ। नेपालको अन्तिम खेल खेल्नुअघि ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ।

नामिबियाले १९ र नेपालले १८ खेलमा मात्र जित हात पारेका कारण अंक बराबरी भए पनि नेट रनरेटका आधारमा नाबिया जाने हो। जारी सिरिजमा नेपाल अपराजित छ। अघिल्लो खेलमा नेपालले यूएईलाई १७७ रनको कीर्तिमानी रनअन्तरले पराजित गर्दै एकदिवसीय मान्यतालाई सन् २०२७ सम्म निरन्तरता दिन सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्