इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जना प्रहरी पक्राउ

<span class='c1'>इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन</span> <span class='c2'>गर्ने एक चिकित्सकसहित ११ जना प्रहरी पक्राउ</span>

चितवन जेठ १८ ,  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अगाडि इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त अनुगमनका क्रममा दर्ता नै नगरी ल्याब र डेण्टल क्लिनिक सञ्चालन गरेको अभियोगमा सञ्चालक र कामदारलाई नियन्त्रणमा लिइएको एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेमा हंस डेण्टल क्लिनिकका सञ्चालक भरतपुरका डा दिनेश पाण्डे, रक्षा डाइग्नोसिसका सञ्चालक माडीका मुकेश महतो, रक्षा फार्मेसीका सञ्चालक भरतपुरका राजेन्द्रप्रसाद तिवारी, तिर फार्मेसीका सेयर सदस्य भरतपुरका रामचन्द्र पौडेल र न्यू सेवा प्याथोलोजीका सञ्चालक खैरहनीकी पुष्पा चौधरी छन् ।
सुस्वास्थ्य मेडिकल हलका सञ्चालक रत्ननगरका कृष्णप्रसाद खनाल, नमस्ते प्याथोलोजीका सेयर सदस्य भरतपुरका कमल सापकोटा, कोहिनुर प्याथोलोजीका सञ्चालक भरतपुरकै कमल शर्मा, एसआरएल ल्याब डाइग्नोसिसमा काम गर्ने लमजुङका शोभा नेपाली, सगरमाथा डाइग्नोसिस सेन्टरमा काम गर्ने भरतपुरका रञ्जना यादव र नमुना प्याथोलोजीका सञ्चालक भरतपुरका प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमध्ये कतिले फार्मेसीको दर्ता गरे पनि ल्याब सञ्चालनको अनुमति नलिएको, ल्याबमा नक्कली प्राविधिक राखेको र दर्ता नभएको पाइएको कुँवरले बताउनुभयो । अनुगमनका दोषी देखिएकाले प्रहरीमाथि नै हातपात गर्न खोजेपछि उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले आइतबार अनुगमन गर्दा दर्ता नभई ल्याब र डेण्टल क्लिनिक सञ्चालन गरेको पाइएपछि तत्काल बन्द गर्न भनिए पनि आज पुनः संचालन गरेको पाइएपछि पक्राउ गरी कारबाटी प्रक्रिया प्रशासनले अगाडि बढाएको बताए ।यसअघि स्थानीय प्रशासनले क्यान्सर अस्पतालभित्र बिचौलियाको काम गर्ने पाँच कर्मचारी र बाहिरका १५ जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएर कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्