विश्वासघात

<span class='c1'>विश्वासघात</span> <span class='c2'></span>

हुन सक्छ सायद विश्वास मानव यात्राको चरण हो
एक क्षणभंगुर क्षण, हावाको झोकाको स्मरण हो
बिहानको कुहिरो जस्तै सुर्य नउदाएको भ्रम हो
हराएको विश्वास सायद आफ्नै नवतरण हो

हामी मान्छे मान्छे हौँ किनकी विश्वास गर्छौ
विश्वास गरेको मान्छे वा विश्वास माथि आशा गर्छौ
विश्वासमा जन्मने मान्छे विश्वासमा नै बाच्दछ
अविश्वासमा बग्ने बर्खाको खोला पनि हिउँदमा सुक्दछ

जहाँ विश्वास नै सकिन्छ त्यहाँ बाकी हुदैन कुनै सम्भावना
चरा उडेको आकाशको बाटो जस्तै रहदैन कुनै निशाना
हातले एक मुठी कुहिरो समातेर मुर्ति बनाउने प्रयास जस्तै
जब विश्वास तोडिन्छ त्यहाँ जोडिदैन कुनै भावना

विश्वासघात पछि विश्वास गर्नु पनि सायद मान्छेको स्वभाव हो
संघर्ष गरिराख्नु मानव आस्थाको प्रभाव हो
लडेर पनि उठने मान्छेको मान्छे हुनुको सपना हो ।
आफ्नै खरानीबाट फेरी जन्मने फिनिक्स विपना हो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्