पाँचथरमा जंगली च्याउ खाँदा थप २ जनाको मृत्यु

<span class='c1'>पाँचथरमा जंगली च्याउ खाँदा</span> <span class='c2'>थप २ जनाको मृत्यु</span>

पाँचथर, जेष्ठ १९

जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा थप दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन्।

मृत्यु हुनेमा थर्पु गाविस ६ बस्ने पुष्पलता मावो र फिदिम नगरपालिका ३ जैसी डाँडा बस्ने ३५ वर्षिया बसन्त राई रहेका छन्।

गत जेष्ठ १४ गते जंगली च्याउ खाएर सिकिस्त बिरामी परेकी पुष्पलताको मंगलबार राती विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा तथा राईको आज बिहान आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

त्यस्तै फिदिम नगरपालिका ३ का निसेस राई सिकिस्त बिरामी परेका छन। उनको अवस्थामा चिन्ताजनक रहेकोले जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि धरान पठाईएको उक्त कार्यालयले जनाएको छ।

पाँचथर जिल्लामा मात्रै जेष्ठ महिन भित्र जंगली च्याउ खाएर पाँच जनाको मृत्यु भईसकेको छ भने दश जना बिरामी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्