ओखलढुङामा ट्याक्टर दुर्घटना, पाँचको मृत्यु,

<span class='c1'>ओखलढुङामा ट्याक्टर दुर्घटना,</span> <span class='c2'>पाँचको मृत्यु,</span>

ओखलढुङा, जेष्ठ १९ गते।

ओखलढुङाको फुलवारी गाविसमा  अपरान्ह ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

अपरान्ह ४ बजे ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस ५ मा सडकबाट तल खस्दा ट्याक्टरमा सवार रहेका खोटाङ च्यास्मीटार ५ बस्ने ३५ वर्षिय हिरा बहादुर राई, ओखलढुङा बिलन्दु गाविस ५ बस्ने १५ वर्षिय बिष्णु बराल, सोही ठाउँ बस्ने १५ वर्षिय मिलन घिमिरे, १५ वर्षिय अमिर घिमिरे र फुलबारी गाविस बस्ने १४ वर्षिय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चुप्लुघोडाखरीले जनाएको छ।

दुर्घटनामा परी फुलबारी ४ का २० वर्षिय सह-चालक प्रेम थापा गम्भीर घाइते भएकाले उनलाई प्रहरीले उद्दार गरी उपचारकालागी स्थानीय स्वास्थ्य चौकी लगिएको छ।

चुप्लुघोडाखरीबाट बिलन्दुतर्फ जादै गरेको ना ५ त २५१२ नम्बरको ट्याक्टर अपरान्ह ४ बजेतिर फुलबारी गाविस ५ मा सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको थियो। ट्याक्टरका चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्