काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ ।
पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भुटानसँग नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।
उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् ।
रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू-१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो ।