नयाँ शक्ति नेपालले जेठ ३० गते पार्टी घोषण गर्ने

<span class='c1'>नयाँ शक्ति नेपालले जेठ ३०</span> <span class='c2'>गते पार्टी घोषण गर्ने</span>

बिराटनगर जेठ २० , नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाण्डौमा पार्टि घोषण गर्ने भएको छ । पार्टि घोषण सँगै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला पनि ३० गते देखि ३२ गते सम्म काठमाण्डौमै हुने भएको छ । सभा र भेलालाई सफल बनाउन  नयाँ शक्ति नेपालका सचिबालय सदस्य पासाङ शेर्पा उत्प्रेरक र प्रदेश नंम्मर १ काठमाण्डै संम्पर्क संयन्त्रका संयोजक देब लिम्बु लावुङ संयोजक रहेको राष्ट्रिय भेला जनपरिचालन समिती गठन गरेको छ ।
शनिबार १ नंम्मर प्रदेशका संयोजक राजेन्द्र किरातीको अध्यक्षता तथा १ नंम्मर प्रदेश काठमाण्डौ सम्पर्क संयन्त्रका संयोजक देब लिम्बु लावुङ सहित केन्द्रिय परिषद सदस्यहरुको बैठकले १ नंम्मर प्रदेशको प्रचार प्रसारको जिम्मेवारी प्रदेशका प्रबक्ता दलमर्दन कामिलाई जिम्मेवारी दिएको छ । प्रदेश नम्बर १ को बिभिन्न जिल्लाबाट काठमाण्डौ उपत्यकामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने काठमाण्डौ बासीहरुलाई पार्टी घोषणा सभामा अधिकतम सहभागी गराउनको लागी बैठकले जिम्मेवारीपनि तोकेको छ ।जसमा संखुवासभा चन्द्र कार्की र पासाङ भोट,धनकुटामा लिलाराम शर्मा र लक्ष्मी राई (चेली),तेह्थुमबाट पर्शुराम खापुङ,ताप्लेजुङमा डा.भुपेन्द्र श्रेष्ठ र डण्डु शेर्पा,इलाममा देबराज भारध्वज,झापामा एलबि शिवा,मोरङमा तिलक थापा र कृष्ण खड्का,सुनसरीमा इसुजंङ कार्की र सुनीता मरिक डोम,उदयपुरमा राजन डोने र प्रदिप देवान रहेका छन् ।
त्यसैगरि ओखलढुङगाबाट महेश कोर्मोचा र शान्ति तिमिल्सीना,खोटाङमा मदन राई,देवान राई र कमल बुढाथोकी,सोलुखुम्बुमा सोनाम छिरिङ शेर्पा,राजन बस्नेत,मोनिन्द्र बस्नेत,पाँचथरमा खगेन्द्र जवेगु,उत्प्रेरक लालध्वज नेम्वाङ,र भोजपुरमा युवराज कटुवाललाई जिम्मेवारी तोकिएको छ । जिम्मेवारी पाएका अभियन्ताहरुले जेठ १९ गते भित्र आफनो जिल्लाको काठमाण्डौ बासीहरु बिच तयारी बैठक सम्पन्न गरी सक्ने निर्देशनपनि दिएको बैठकले दिएको छ । पार्टि घोषण सभालाई भब्य बनाउन प्रदेश र काठमाण्डौमा घर दैलो सहित प्रचारका अभिायानहरु प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको १ नम्मर प्रदेश संम्पर्क संयन्त्रका संयोजक देब लिम्बु लावुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्