यहाँ यस्तै छ बाबु ….

<span class='c1'>यहाँ यस्तै छ</span> <span class='c2'>बाबु ….</span>

यसै मर्छौ,
तिम्रो खुसी घोल्न पाइदैन ।
आफ्ना समस्या आफै मार्नु,
खोल्न पाइदैन ।
राज्य हो यो हुकुमवासीहरूको
डराउनु बाबु ,
साना मान्छेले स्वतन्त्र भई
बोल्न पाइदैन ।

यदि तिमी बोलेउ भने
मुख थुनिदिन्छन्,
विरोधमा हिँडेउ भने
खुट्टा काटिदिन्छन् ।
गोली ठोकिदिन्छन् ।
किनकि यो भाषण बादिका
शासनबादीहरुको राज्य हो बाबु ।

यहाँ लोकतन्त्रको नाममा
रोकतन्त्र चल्छ।
निर्दोषलाई सधैँ
ठोकतन्त्र चल्छ।
कृषिको धनी देशमा
भोकतन्त्र चल्छ।
नेतामा सधैँ
जोकतन्त्र चल्छ।
किनकि यो प्रजा मारेको खुशीमा राज्य गर्ने हुकुमवाला राजाहरूको राज्य हो बाबू।

यहाँ हेर्नेले देख्न हुँदैन
यहाँ देख्नेले लेख्न हुँदैन
हो, यहाँ यस्तै छ बाबु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्