दुहबी नगरपालिकाले सञ्चालनमा ल्यायो निःशुल्क हटलाइन (टोल फ्रि) सेवा

<span class='c1'>दुहबी नगरपालिकाले सञ्चालनमा ल्यायो निःशुल्क</span> <span class='c2'>हटलाइन (टोल फ्रि) सेवा</span>

विराटनगर । सुनसरीको जिल्लाको दुहबी नगरपालिकाले निःशुल्क हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ ।

हिंसा पीडितहरु लगायतलाई न्यायमा पहुँच पुर्याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको हो।

सार्वजनिक बिदाको दिन बाहेक आइतबारदेखि बिहीवार बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि बेलुकी ३ बजे सम्म निःशुल्क हटलाइन सेवा संचालनमा रहने दुहबी नगरपालिकाले जनाएको छ ।

महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणकालागि नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन नम्बर (१६६०२५५८८९५) रहेको छ ।

सामाजिक अभियान्ता भएर काम गर्दा हिंसा पिडितले फोन गर्न समस्या हुने, घटना अभिलेखिकरण ढिला हुने, घटना आइपुग्दा सत्य तथ्य नरहने जस्ता समस्या देखिएकोले आफ्ना चुनावी संकल्प पत्रमा उल्लेखित संकल्प अनुसार हटलाइन सेवा सुचारू गरेको दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतीवडाले जानकारी दीइन।

निःशुल्क हटलाइन सेवाबाट दुहबीनगरवासि प्रत्यक्ष लाभान्वित हुने उपप्रमुख पोखरेल खतीवडाले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्