विराटनगर । धौलागिरी बेसक्याम्पमा हेली एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ ।
‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर आइतबार हेलिकप्टर दुर्घटनामा परेको हो ।
घौलागिरी बेसक्याम्पबाट पोखरा फर्किने क्रममा दुर्घटना भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको र उनीहरुको सकुशल उद्धार गरि काठमाडौँ पठाइएको छ ।
धौलागिरी बेसक्याम्पमा सामान पु¥याउन गएको हेलिकप्टर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।
फोटो:फाइल