पर्यटन सद्भावनादूतको नियुक्ति खारेज

<span class='c1'>पर्यटन सद्भावनादूतको</span> <span class='c2'>नियुक्ति खारेज</span>

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

पर्यटनमन्त्री स्तरको निर्णयबाट यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावनादूतको नियुक्ति खारेज गरिएको हो ।

पर्यटनमन्त्री सुदन किरातीका अनुसार ‘पर्यटन प्रर्वद्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृति गर्दै प्रक्रिया पूरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी बहाल रहेका सबै सद्भावनादूत खारेज गरिएको छ ।

कार्यविधि नबन्दै यसअघि विभिन्न मुलुकका लागि पर्यटन सद्भावनादूत तोकिएको थियो । अवैतनिक सद्भावना दूतहरुको रुपमा हुनेभएकाले विभिन्न लाभ र स्वार्थबाट प्रेरित नभई पारदर्शी ढङ्गले भूमिका निर्बाह होस् भन्ने हेतुले व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ‘सद्भावनादूत’ भन्ने स्थानमा ‘पर्यटन प्रर्वद्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको हो ।

यसैगरी, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्