विराटनगर । सोलुखुम्बुका प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीको घरमा कालो झण्डा राखिएको छ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै पहिचानसहितको नामाकरणको पक्षमा रहेका पहिचानवादीहरुले मन्त्रीको व्यक्तिगत घरमा कालोझण्डा राखेर विरोध जनाएका हुन् ।
उनीहरुले कोशी प्रदेश नामाकरण गरेर पहिचान विरुद्ध कालोमन बनाएको भन्दै कालोझण्डा गाडेर सांकेतिक विरोध जनाएको बताएका छन् । कालोझण्डा राखेपछि उनीहरुले पहिचान विरोधी होसियार भन्दै घरमै नारबाजी गरेका थिए ।