नेपाल प्रहरी : डिआइजीमा बढुवाका लागि सिफारिस

<span class='c1'>नेपाल प्रहरी : डिआइजीमा</span> <span class='c2'>बढुवाका लागि सिफारिस</span>

काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय वढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहनुभएको छ ।

प्रहरीको बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ बमोजिम बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्