अमेरिकी डलरसहित तीन पक्राउ

<span class='c1'>अमेरिकी डलरसहित</span> <span class='c2'>तीन पक्राउ</span>

काठमाडौं । अवैधरूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार एक सय २९ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बङ्गलादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवासहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बङ्गलादेशको उडानद्वारा बङ्गलादेशको ढाकातर्फ जान लागेका बङ्गलादेशी नागरिकलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०÷१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई विभिन्न दरको अमेरिकी डलर सात हजार एक सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा रहेका छन् । राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितबाट करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्