भीरबाट झरेको ढुंगाले लागेर ताप्लेजुङमा एकजनाको मृत्यु

<span class='c1'>भीरबाट झरेको ढुंगाले लागेर</span> <span class='c2'>ताप्लेजुङमा एकजनाको मृत्यु</span>

ताप्लेजुङ । भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा टाउकोमा लागेर गम्भीर चोट लागेको थियो ।

फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्