खाँदबारीमा तीन दिवसीय आधारभुत माउन्टेन बाईक प्रशिक्षण कार्यक्रम आरम्भ

<span class='c1'>खाँदबारीमा तीन दिवसीय आधारभुत माउन्टेन</span> <span class='c2'>बाईक प्रशिक्षण कार्यक्रम आरम्भ</span>

विराटनगर । खाँदबारीमा तीन दिवसीय आधारभुत माउन्टेन बाईक प्रशिक्षण कार्यक्रम आरम्भ भएको छ ।

खाँदबारी नगरपालिका, खाँदबारी युथ क्लब, उद्योग वाणिज्य महासंघ संखुवासभा र साईकल एसोसिएसन संखुवासभाको संयुक्त आयोजनामा तीन दिवसीय बाईक प्रशिक्षण कार्यक्रम आज (आइतबार) देखि आरम्भ भएको हो । संखुवासभाको पर्यटन प्रवद्र्धन साथै साइकिलिङ खेललाई जिल्लाको तर्फबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म परिचित गनराउने उद्देश्यले बाईक प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख मेहश थपलियाले साइकिलिङ रुटका लागि ६० किलोमिटर बराबरको सम्भाव्यता अध्ययन गरेर साइकिलिङ रुट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ‘शाहासिक मार्फत खेलकुदलाई विकास गर्न सकिने राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नाम चिनाउन सकिने साइकिलिङ पनि शाहसिक खेलभित्र पर्छ,’ उनले भने,‘यसको विकासका लागि गुठिटार, रमिते, छ्याङ्कुटीमा यसको सम्भावना देखिएको छ, यसलाई अगाडी बढाउने प्रतिवद्धता जनाउदछु ।’

संखुवासभा जिल्ला भौगोलिक र सांस्कृतिक हिसाबले धनी रहको बताउदै उनले यस क्षेत्रमा पनि उठाउन जरुरी रहेकोमा उनले जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै साईकल एसोसिएसनका केन्द्रिय उपाध्यक्ष एवम्र सशस्त्र प्रहरीका पूर्व आईजिपि सिंहबहादुर श्रेष्ठले नयाँ पुस्तालाई साइकिलङ तर्फ प्ररित गराउन साथै पर्यटकिय प्रवद्र्धनको हिसाबले सहभागी गराउन युवा पुस्तालाई सुरुवाती दिनमा आधारभुत कुरा सिकाउने बताए । कार्यक्रमा उद्योग वाणिज्य महासंघको पदाधिकारी, खेलकुद विकास बोर्डका पदाधिकारी, प्रमुख प्रशिक्षक धन्जित राई (सन्तोष राई), साफ गेममा स्वर्ण पदक विजेता निश्मा श्रेष्ठ, एसोसिएसनका संस्थापक अध्यक्ष मनिस राई लगायतका उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्