विराटनगर । सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । श्राद्ध कर्ममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहान नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापाको दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला पारिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिएका हुन् । अनुसार बेपत्ता रहेका दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी ७ का १८ वर्षीय राज गुरागाईँको खोजी भइरहेको छ ।