मापदण्ड नपुगेका दुई बालगृह बन्द

<span class='c1'>मापदण्ड नपुगेका दुई</span> <span class='c2'>बालगृह बन्द</span>

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । “अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र दुई बालगृह मापदण्डविपरीत बन्द गरिएको थियो, चालु आवका दुई बालगृह मापदण्ड पूरा गर्न नसकेर बन्द भएका हुन्”, उहाँले भन्नुभयो ।

हाल नेपालका ४३ जिल्लामा चार सय १७ बालगृह सञ्चालनका छन् । त्यसमा १० हजार नौ सय पाँच बालबालिकाको संरक्षण र संवद्र्धन गरिँदै आएको छ । परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्यले निवेदन दिन सूचना प्रकाशन गरेको थियो ।

“सञ्चालनमा रहेका बालगृहलाई नयाँ कानुनको प्रावधानअनुसार परिषद्को अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ, परिषद्ले आवश्यकतानुसार स्थानीय तहको समन्वयमा बालगृहको मापदण्डअनुरुप सञ्चालनमा रहेका छन÷छैन भनी अनुगमन गर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

चालु आवदेखि चैत मसान्तसम्म १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइनबाट जोखिममा रहेका चार सय ४५ बालबालिकालाई उद्धार गरिएको परिषद्ले जनाएको छ । त्यसमा दुई सय २१ बालक र दुई सय २४ बालिका छन् ।

जोखिममा रहेका बालबालिकालाई उद्धार गरी परिषद्ले संरक्षण व्यवस्थापनमा राहत मनोविमर्श, कानुनी परामर्शलगायतका छ हजार एक सय ४१ लाई सहयोग गरेको छ । त्यसमा दुई हजार पाँच सय ५१ बालक र तीन हजार आठ सय ९० बालिका छन् ।

बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डमा बालगृहमा बालमैत्री भौतिक पूर्वाधार तथा संरचना हुनुपर्ने, बालगृहमा आवश्यक जनशक्तिको व्यवस्था हुनुपर्ने, बालगृह सञ्चालन गर्न आवश्यक हुने आर्थिक स्रोतको व्यवस्था हुनुपर्ने, बालगृहमा बालबालिकाको भर्ना प्रक्रिया, बालबालिकाको भोजन तथा पोषणसम्बन्धी व्यवस्था, बालबालिकाको स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने विषय, शिक्षा, तालिम र अतिरिक्त क्रियाकलापको व्यवस्था गर्नुपर्ने, बालगृहमा बाल क्लब गठन, सञ्चालन र बाल सहभागिताको प्रवद्र्धन गर्नुपर्नेलगायत अन्य मापदण्ड पूरा गर्नेपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्