झापाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ

<span class='c1'>झापाबाट ब्राउन सुगर सहित</span> <span class='c2'>तीन जना पक्राउ</span>

झापा । झापाको मेचीनगर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको नुवाकोट तार्कश्वतर गाउँपालिका-३ का ३० बर्षीय सविन परियार, सिन्धुली दुधौली नगरपालिका-११ का ३० बर्षीय खड्ग सुनुवार र मेचिनगर-५ का २३ बर्षीय विक्रम दनुवारलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ७० ग्राम ब्राउन सुगर बरामद गरे सगै तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्