“भो ……पर्दैन”

<span class='c1'>“भो</span> <span class='c2'>……पर्दैन”</span>

-साहिद अंसारी
भो ......पर्दैन
सरकारी अस्पताल ...भो पर्दैन
किन कि म रोगीनै हुदिन
अनि किन ?
चाहियो डाक्टर
किन कि म गांउको स्वच्छतामा
शुद्द अक्सिजन पाइरहेको हुन्छु||

भ्रमण ......भो पर्दैन
म सधैं गाउ को सुन्दर वन फुलबारिमा रमाइरहेको हुन्छु
आमा बाबा र आफ्नो परिवार संग आनन्दित भइरहेको हुन्छु
अनि किन ?
आवश्यक पर्छ भ्रमण ....

जागिर ....भो पर्दैन
म त आफ्नै घरको काममा व्यस्त अनि मस्त हन्छु
पढे लेखेर पनि गाइ वस्तु को सेवामा व्यस्त हुन्छु
आमा बाबा अनि समाजसेवा को काममा लागिरहेको हुन्छु
अनि पढेर कर्तव्य पुरा गरिरहेको हुन्छु

अनि किन ? चाहियो जागीर!
म आफ्नो ठाउँमा ठिकैछु ...सरकार
नत डर नत धमकी न रोग न भोक सबै बाट मुक्त छु
सरकार पर्दैन हजुरको भ्रमण भत्ता अनि सरकारी जागिर
किनकि म आफैमा ठिक छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्