प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

<span class='c1'>प्रहरीका १८ एसपीलाई एसएसपीमा</span> <span class='c2'>बढुवाका लागि सिफारिस</span>

काठमाडौँ । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जवरा रहनुभएको छ ।

बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गङ्गा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहनुभएको छ ।

बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्