संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

<span class='c1'>संसद्को चालु अधिवेशन आज राति</span> <span class='c2'>१२ बजेदेखि अन्त्य हुने</span>

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।

अब सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि स्वतः अन्त्य हुने भएको छ । बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाउनुभएको थियो ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहनुभएका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो । ढिला गरी बसेको अर्काे बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उहाँको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्