विराटनगर । सुनसरी टेबुल टेनिस संघको आयोजनामा ‘स्व. लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबुल टेनिस प्रतियोगीता’ मा बिराटनगर टेबल टेनिस क्लबका विश्व बाँनियालाई दोहोरो सफलता हात लागेको छ । दोस्रो संस्करण अन्तर्गतको खेल धरानस्थित ब्याडमिन्टन हलमा सम्पन्न भएको हो ।
प्रतियोगीतामा उनले अन्डर–१९ तर्फ कान्तिपुर भ्याली पिङ पङ क्लब काठमाडौका विशाल गोलेलाई ३–१ सेट स्कोरले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरि सोही इभेन्टमा बुटवल टेबल टेनिस एकेडमीका रिदिम गुरुङ र सुनसरीका अनमोल बिक तेस्रो भएका छन् ।
मेन्स सिङल्सतर्फ पनि बाँनियाले विशाल गोलेलाई ४–१ को सेट स्कोरले पराजित गर्दै उपाधी जितेका हुन् । सोही इभेन्टमा नेपाल पुलिस क्लबका टेण्डी शेर्पा र कान्तिपुर भ्याली पिङ पङ क्लबका एलेक्स महर्जनले तृतीय स्थान प्राप्त गरे ।
गर्ल्स सिङल्स अन्डर१९ तर्फ सुनसरीकी अन्जली ठाकुर प्रथम, सुनसरीकी सोनम ठाकुर द्वितीय, सुनसरीकी सुलेखा ठाकुर र बिराटनगर टेबल टेनिस क्लबकी समृद्धि लुइटेल तृतीय भए ।
गर्ल्स सिङल्स अन्डर–१५ तर्फ सुनसरीकी सोनम ठाकुर प्रथम, सुनसरीकी सुलेखा ठाकुर द्वितीय, सुनसरीकी श्रेया सुवेदी र बिराटनगर टेबल टेनिस क्लबकी आर्नवी भट्टराई तृतिय भए । समापन समारोह तथा पुरस्कार बितरण समारोह अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैध्य को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।