काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.सुरेश आचार्य नियुक्त हुनुभएको छ ।
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उहाँलाई नियुक्त गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा.आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।
त्यसैगरी उहाँले नेपाली कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसक्नु भएको मुख्यसचिव पौडेलले बताउनुभयो ।
फोटो:फाइल