काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् ।
शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् ।
प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौखुरी उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक विश्वराज खापुङ, नेतृ होमकुमारी खापुङ, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङलगायतको उपस्थिति रहेको थियो ।
सम्मानित भएपछि डीआइजी चन्द्रकुबेर खापुङले निजामती सेवामा प्रवेश गर्ने तयारी भइरहेको बेला प्रहरी सेवाको अधिकृतमा खुलेको कसैले जानकारी दिएपछि हुन्छ या हुन्न भन्ने दोमनहुँदै फारम भरेको विगत सुनाएका थिए ।
पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङले आफू शाखा अधिकृत भइसकेको बेला केही युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउनमा हौसला दिने क्रममा एक चन्द्रकुबेर पनि भएको बताए । धेरैजनालाई हौसला प्रदान गरेकामा चन्द्र सफल अफिसर बन्न सफल भएकोमा बधाई दिएका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङले आफ्नो विद्यार्थीसमेत रहेका चन्द्रकुबेरले यस ओहोदासम्म पुग्नु गौरवको कुरा रहेको बताएका थिए । खापुङ ज्वाईचेलाका तर्फबाट रमेश श्रेष्ठ, राजनीतिककर्मी होमकुमारी खापुङ, गौखुरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक विश्वराज खापुङले मन्तव्य दिएका दिए । कार्यक्रमलाई अमृत खापुङले सभापतित्व गरेका थिए ।
काजिमान खापुङको अध्यक्षतामा नयाँ समिति
किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका समितिको पाँचौ अधिवेशनसमेत गरिएको कार्यक्रममा काजिमान खापुङको अध्यक्षतामा नयाँ समिति बनेको छ।
जसको उपाध्यक्ष इन्द्रकुमारी खापुङ, सचिव जयबहादुर खापुङ, सहसचिव राम खापुङ, कोषाध्यक्ष ललित खापुङ छन् ।
सदस्यहरुमा उमा आङबुहाङ खापुङ, पनुमा खापुङ, एलिजा खापुङ, भाष्कर खापुङ, पुकार खापुङ, सरिता खापुङ, हिमालध्वज खापुङ, इङ्वा खापुङ, नविन खापुङ, गणेश खापुङ रहेका छन् ।