नेपाली सेनाका पूर्वी पृतनापतिद्धारा बक्रकुण्ड मन्दिरको प्रवेशद्धार उद्धघाटन

<span class='c1'>नेपाली सेनाका पूर्वी पृतनापतिद्धारा</span> <span class='c2'>बक्रकुण्ड मन्दिरको प्रवेशद्धार उद्धघाटन</span>

विराटनगर । धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको प्रवेशद्धार पूर्वी पृतनापति उपरथी डा.आसबहादुर तामाङले उद्धघाटन गरेका छन् ।

पूर्वी पृतना हेडक्वाटर इटहरी तथा श्री नम्बर २ बाहिनी अड्डा हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत निर्माण गरिएको प्रवशद्धार आज (सोमबार) पूर्वी पृतनापति उपरथी तामाङले उद्धघाटन गरेका हुन् ।

भक्तपुरबाट कारीगढ झिकाएर पुरात्वातिक शैलीमा निर्माण भएको सो प्रवेशद्धारको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उपरथी तामाङले ब्रककुण्ड पञ्चेश्वर मन्दिर परिसरमा निर्मित पुरातात्विक शैलीको मूल प्रवेशद्धारले मन्दिरको धार्मिक महत्व साथै गरिमा बढाउने बताए ।

कोशी प्रदेशका ६ जिल्लामा नेपाली सेनाले यस्तै प्रकारको काम गरिहरको समेत उनले बताए ।

प्रवेशद्धार उद्धघाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला प्रमुख अधिकारी थानेश्वर गौतम , श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापा, श्री भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्