उदयपुर । उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलका नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल