विराटनगर । कोशी प्रदेश नाम खारेजीको मागराख्दै संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा विरोध प्रदर्शन गरेका छन् ।
बिहिबार पुनः नामाकरण संघर्ष समितिले खाँदबारी बजारमा कालो झन्डामा कोशी नाम खारेजी लेखिएको झन्डा जलाउदै विरोध जनाएका हुन् ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाए सँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा छन् ।