शरणार्थी प्रकरणको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

<span class='c1'>शरणार्थी प्रकरणको सबै ‘नेक्सस’लाई कारबाहीको</span> <span class='c2'>दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ</span>

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् ।” यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको र अझ त्योभन्दा बढी यो राज्य विरुद्ध कै अपराध भएको उहाँको भनाइ थियो ।

“यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो, यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्य विरुद्ध कै अपराध हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसकै सबै नेक्ससलाई कानूनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ ।”

उहाँले उक्त प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्नुहुँदै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आड भरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस्, उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन, दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ”, श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीको निर्देशन र आड भरोसा छ, दोषीलाई कारबाही गरियोस् निर्दोष नपरुन् भन्ने छ ।”

सिङ्गो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेकाले त्यसबाट मुक्त गराउन प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु ।”

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्