-अच्युत आचार्य
छ रहर सबैको शहर आउने ।
शहर पसी पैसा र नाम दुवै कमाउने ।।
आफ्ना नानीहरु छन् निजी स्कुलमा
आफू भने सरकारी स्कुलमा पढाउने ।।
हुने खानेका नानीहरु छन् बाहिर
हुँदा खानेका नानीहरु स्कुल मै रमाउने ।।
जताततै भताभुङ अच्युत भन्ने कही छैन
कसले गर्ला काम यहाँ च्युतहरुलाई समाउने ।।