विराटनगर । विराटनगरका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।
गोकुलम केरलाबाट भारतीय आई लिग खेलको उपाधि जितेका तिम्सिनालाई क्लबले गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।
उक्त क्लबले विराटनगरका युवा फुटबलर तिम्सिनालाई गोलकिपर प्रशिक्षक बनाएको हो ।
जारी ‘ए’ डिभिजन लिगमा बाँकी सिजनका लागि मनाङमा अनुबन्ध भएका हुन्।