विराटनगर । सुनसरीको धरानबाट हतियार सहित तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार हतियारसहित तीनजना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ का २९ वर्षीय हुकमेन जिमि, धरान १५ का २४ वर्षीय रोहित राई र धरान १७ बस्ने दिपक जिमि रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी नवराज मल्लले जानकारी दिए ।
प्रकाउ परेका उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।
‘तीनजनालाई हामीले हतियारसहित पक्राउ गरेका छौं’, उनले भने,‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-६ को हातहतियार तथा खरखजाना सम्बन्धी कसूर अन्तर्गत सम्मानित सुनसरी आदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । ’
उनीहरुको साथबाट विवरण नखुलेको एकथान पेस्तोल र मेड इन इटाली लेखएिको एकथान पेस्तोल भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।