पाउण्डको मूल्य २५ वर्षपछि सबैभन्दा कम भयो

<span class='c1'>पाउण्डको मूल्य २५ वर्षपछि</span> <span class='c2'>सबैभन्दा कम भयो</span>

बिराटनगर असार १० , बेलायत इयुबाट अलग हुने जनमत संग्रहको परिणामले  वित्तिय क्षेत्रमा तुरन्तै व्यापक प्रभाव पारेको छl

लन्डन स्टक मार्केट अन्तर्गत शेयरको मुल्यमा ८ प्रतिशतको गिरावट आएको छ l समग्र अर्थतन्त्रमा प्रभाव पार्ने कुनै घटनाले वित्तिय क्षेत्रमा यस्ता प्रभाव पार्ने गर्छन्l

लन्डन स्टक एक्सचेन्जको सूचीमा रहेको १०० ठूला कम्पनी ‘फुटसी’का मूल्यमा ५०० अंकको गिरावट आएको बिबिसीले जनाएको छ l बेलायती बैंकहरु बारक्लिज़ र आरबिएसको सेयर मूल्यमा ३० प्रतिशतको गिरावट आएको पनि बिबिसीले जनाएको छ l

इयूबाट छुट्टिने मत परिणाम देखिन साथ पाउण्डको मुल्यमा ऐतिहासिक रुपले गिरावट आएको छl अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मुल्य १० प्रतिशतसम्मले घटेको छ l सन १९८५ पछि पाउण्डको मूल्यमा यतिधेरै गिरावट आएको यो पहिलो पटक हो l

युरोको तुलनामा पाउण्डको मूल्यमा ७ प्रतिशतको गिरावट आएको छl उता युरोको मूल्य पनि डलरको तुलनामा ३.३ प्रतिशतले झरेको छl  बैंक अफ इंग्ल्यान्डले वित्तिय क्षेत्रलाई नजिकबाट नियालिरहेको र मुद्रा स्थिरताका लागि आवश्यक कदम चाल्ने जनाएको छ l

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्