अधेरीमा जुन पनि घमण्डले चम्कि दिन्छ
सगै मर्छु भन्नेले नि पराइको साथ खोज्छ
केहि दिनलाई बसाई सरी अन्तै गाछौ भन्ने सुने
फर्की आउछौ भन्ने आशमा बाटो हेरी कुरी बसे
क्षितिज पारी दुनियाँ छ, वारी आज फेरी एक्लै
समयले कोल्टे फेर्यो म त गुमनाम भए उस्तै
हेर्दै कोमल नयन, रुप झुल्के घाम जस्तै लाग्थ्यो
बेहोसीमा खै के भनु होस् मै तिम्रो नाम आउँथ्यो
सपनाको महल ठड्याइ मुटु भित्र लात हान्दा
आफ्नै सोची रैछ क्यारे पत्याउन लाज लाग्थ्यो
हिजो सम्म तिम्रो धड्कन मेरै दिलको पास हुँदा
जति पिडा दिए पनि माया गर्छौ आश जाग्थ्यो
केही मिठा बचन तिम्रा केही तिता सुनि रहे
असत्यको जित तिम्रो हार मानी सही बसे
नखाउँ अब झुठो कसम मुटु छिया छिया पार्नु छैन
जलेको यो मनलाइ अझै आगो लाउने धोको हैन
खवर पाउँछौ पक्कै पनि शंख धुन बज्दा कतै
दैवको यो खेल हैन खुशी हुदै भन्छौ कठै
अन्तिम घुट्की सास थामी एकोहोरो हेरी रहे
फर्की आउँछौ भन्ने आशमा बाटो हेरी कुरी बसे
-दिपक कटुवाल(प्रहरी नायव निरिक्षक,ईलाका प्रहरी कार्यालय धरान)
ठेगाना: खाँदबारी- ८, संखुवासभा