प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

<span class='c1'>प्रतिनिधिसभाको बैठक शनिबार</span> <span class='c2'>दिउँसो ४ बजे</span>

काठमाडौँ । आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्